नेपाली समय Loading...२०८१ बैशाख २३ आईतवार

मोलुङका दुई विद्यालयलाई जिएमजेएसको स्वास्थ्य सामाग्री सहयोग

ओखलढुङ्गान्युज, पुष , २०७७ ओखलढुङ्गा जिल्लाको मोलुङ गाउँपालिकाका दुई सामुदायीक विद्यालयलाई ग्रामिण महिला जागरण सञ्जाल (जिएमजेएस) ले स्वास्थ्य सामाग्री सहयोग गरेको छ । मोलुङ गाउँपालिकाको वडा नं. १ र वडा नं. ७ का दुई सामुदायीक माद्यमिक विद्यालयलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।

जिएमजेएसले दुईओटा वडाका दुई सामुदायीक माद्यमिक विद्यालयलाई प्रति विद्यालयक १ हजार ५ सय थान सर्जिकल मास्क, ५ सय मिलिलिटरको २५ थान सेनिटाईजर तथा साबुन समेत हस्तान्तरण गरेको संस्थाका जिल्ला कार्यक्रम संयोजक विमला धमलाले जानकारी दिनुभयो । मोलुङ ७ का लागि उपलब्ध गराईएको स्वास्थ्य सामाग्रीलाई वडा अध्यक्ष हेम बहादुर सुनुवार मार्फत हस्तान्तरण गरिएको छ ।

त्यसैगरि मोलुङ गाउँपालिका वडा नं. १ को सरस्वती माद्यमिक विद्यालयका लागि उपलब्ध गराईएको स्वास्थ्य सामाग्री भने विद्यालयमा नै पुगेर विद्यालयका प्रधानाध्यापक गोपाल गिरीलाई हस्तान्तरण गरिएको पनि धमलाले जानकारी दिनुभयो । सरस्वती माविलाई पनि १ हजार ५ सय थान सर्जिकल मास्क, ५ सय एमएलको २५ थान सेनिटाईजर र साबुन हस्तान्तरण गरिएको छ । स्वास्थ्य चौकी कुन्तादेवीका लागि पनि संस्थाले साबुन उपलब्ध गराएको छ । 

धमलाका अनुसार कोरोनाको महामारीको बेलामा विद्यालयलाई अन्य सामाग्री भन्दा स्वास्थ्य सामाग्रीको आवश्यकता रहेको भन्ने विद्यालयको माग अनुसार विद्यालयका लागि उक्त स्वास्थ्य सामाग्री उपलब्ध गराईएको हो । जिएमजेएसले किशोर किशोरीको प्रजनन् स्वास्थ्य तथा महिलाको स्वास्थ्यको क्षेत्रमा मोलुङ गाउँपालिकामा काम गर्दै आएको छ ।