नेपाली समय Loading...२०८१ बैशाख ११ मंगलवार

बुधबार ओखलढुङ्गामा थपिए कोरोनाका ४ संक्रमित

ओखलढुङ्गान्युज, पुष , २०७७ ओखलढुङ्गा बुधबार पछिल्लो २४ घण्टामा थप ७ सय ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ५ सय ५५ जनाको परीक्षणमा ७ सय ३६ जनामा संक्रमण पुष्टि भएको हो ।

बुधबार थपिएसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ५० हजार ९ सय १६ पुगेको छ भने पछिल्लो २४ घण्टामा ८ सय ४७ जना संक्रमित कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ३८ हजार ५ सय ६९ रहेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा २९४, ललितपुरमा ७७, कास्कीमा ४५, रुपन्देही र अछाममा २५/२५, बाँकेमा २२, भक्तपुरमा २०, सुनसरीमा १९, मोरङमा १४, नुवाकोट र चितवनमा १६/१६, गोरखामा १४, मकवानपुरमा १३ र झापामा ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यस्तै पर्सामा ९, काभ्रे र पाल्पामा ८/८, धादिङ र तनहुँमा ७/७, धनुषा, लमजुङ र प्युठानमा ६/६, स्याङ्जा, अर्घाखाँची, गुल्मी र दाङमा ५/५, ओखलढुङ्गा, बाग्लुङ र बर्दियामा ४/४, बारा, दोलखा र रसुवामा ३/३ जना संक्रमित भएका छन् ।

बारा, सर्लाही, सिन्धुपाल्चोक, पर्वत, कपिलवस्तु, नवलपरासी, रोल्पा र सुर्खेतमा २/२ र इलाम, उदयपुर, पाँचथर, भोजपुर, संखुवासभा, महोत्तरी, रामेछाप, नवलपरासी पूर्व, रुकुम पूर्व, कैलाली र डडेल्धुरामा १/१ जना संक्रमित भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण १३ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १ हजार ७ सय ४३ पुगेको छ ।

बुधबार ४ जना ओखलढुङ्गाको थपिए भनेर स्वास्थ्य मन्त्रालयले बताएपनि ओखलढुङ्गाबाट नै स्वाव संकलन गरेर पठाईएकाहरु भने नभएको जिल्ला कमाण्ड पोष्ट ओखलढुङ्गाले जनाएको छ । बुधबार थपिएका चारैजना ओखलढुङ्गाका भएपनि कामको शिलशिलामा ओखलढुङ्गा बाहिरका रहेको हुनसक्ने जिल्ला कमाण्ड पोष्ट ओखलढुङ्गाले जनाएको छ ।