नेपाली समय Loading...२०८१ बैशाख २४ सोमबार

प्रदेश नं. १ मा सात महिनामै जनस्वास्थ्य प्रयोगशालाको निर्माण गरिने

ओखलढुङ्गान्युज, मंशिर ३०, २०७७ विराटनगर प्रदेश नं १ मा सुविधा सम्पन्न जनस्वास्थ्य प्रयोशाला निर्माण गर्ने उद्देश्यले प्रयोगशालाको शिलान्यास गरिएको छ । आगामी असार १५, २०७८ भित्रमा निर्माण सम्पन्न गरिसक्ने गरि प्रयोशालाको आज (मंगलवार) मुख्यमन्त्री शेरधन राईले शिलान्यास गर्नुभएको हो ।

सिलान्यास कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री राईले प्रदेश जनस्वास्थ्य प्रयोगशालाको भवन निर्माण पछि विशिष्टकृत सेवा प्रदान हुने बताउनुभयो । निर्माण सम्पन्न पश्चात प्रयोगशालाका नाममा हुने गरेका वेथिति, अनियमितता, सर्वसाधारणलाई ठग्ने कार्यको नियमन मुख्यमन्त्री राईको भनाई छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालाले प्रयोगशालाहरुको पनि प्रयोगशालाका रुपमा काम गर्ने मुख्यमन्त्री राईले बताउनुभयो । 

सिलान्यास कार्यक्रममा सामाजिक विकास मन्त्री जीवन घिमिरेले विशिष्टिकृत परीक्षणका लागि काठमाण्डौं र भारतका विभिन्न शहरहरु जानुपर्ने समस्याको अब अन्त्य हुने बताउनुभयो । प्रदेश भित्रका प्रयोगशालाको गुणस्तर मापनको जिम्मेवारी, शुल्कको नियमन, अनुगमनको काम प्रदेश प्रयोगशालाले गर्ने मन्त्री घिमिरेले बताउनुभयो । शिलान्यासको ८ महिनापछि नै प्रयोगशालाबाट सेवा शुरु गरिने पनि मन्त्री घिमिरेले दावी गर्नुभयो ।

प्रयोगशालामा जेनरल ल्याव, नसर्ने रोग, सरुवा रोग, पीसीआर, भाईरल कल्चर परीक्षण लगायतका काम हुनेछन् । भवन निर्माणका लागि ८ करोड बजेट उपलब्ध गराईने सेभ द चिल्ड्रेनका बरिष्ठ व्यवस्थापक हरिबोल बजगाईले जानकारी दिनुभयो । प्रदेश जनस्वास्थ्य प्रयोगशालाका लागि स्नातकोत्तर क्याम्पसले ८ कठ्ठा १२ धुर जमिन उपलब्ध गराएको छ ।