नेपाली समय Loading...२०८१ बैशाख २४ सोमबार

चम्पादेवी र सुनकोसीमा राष्ट्रिय परिचयपत्र दर्ता अभियान सुरु

ओखलढुङ्गान्युज, मंशिर ३०, २०७७ ओखलढुङ्गा ओखलढुङ्गाका दुई स्थानीय तहमा मंगलवारवाट राष्ट्रिय परिचयपत्र दर्ता अभियान कार्यक्रम सुरु भएको छ । जिल्लाको सुनकोसी गाउँपालिका र चम्पादेवी गाउँपालिकामा आज (मंगलबार) वाट राष्ट्रिय परिचय पत्र दर्ता अभियान सुरु भएको हो ।

मंगलबारवाट दुई स्थानीय तहका ४० स्थानवाट राष्ट्रिय परिचयपत्र दर्ताका लागि काम सुरुभएको ओखलढुङ्गा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी तुलसी भट्टराइृले जानकारी दिनुभयो । मंगलवार विहानैवाट दर्ता अभियान सुरुवात गर्ने तयारी गरिएको भएपनि केही प्राविधिक समस्याका कारण केही ढिलो गरी दर्ता अभियान सञ्चालन भैरहेको सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईको भनाई छ ।

हाल सम्म ओखलढुङ्गका तीनओटा स्थानीय तहहरुमा राष्ट्रिय परिचयपत्र दर्ताको काम सकिएको छ । काम सकिएकाहरुमा जिल्लाको लिखु गाउँपालिका, खिजिदेम्बा गाउँपालिका र मानेभञ्ज्याङ्ग गाउँपालिका रहेका छन् । ओखलढुङ्गा जिल्लामा रहेको ८ स्थानीय तह मध्ये अब ३ ओटा स्थानीय तहमा भने दर्ताको कार्यक्रम हुन बाकी रहेको छ ।