नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

कोरोनाका कारण शोमबार १८ को मृत्यु

ओखलढुङ्गान्युज, मंशिर २९, २०७७ । काठमाण्डौं । नेपालमा शोमबार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप १८ जनाको मृत्यु भएको छ। शोमबार १८ थपिएसँगै नेपालमा कोरोना भाईरस संक्रमणका कारण मृत्यु हुनेहरूको कुल संख्या  १ हजार ७ सय १६ पुगेको छ।

त्यस्तैगरि पछिल्लो २४ घण्टामा नेपालमा ८ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म नेपालमा कोरोना संक्रमित हुनेहरूको कुल संख्या २ लाख ४९ हजार २ सय ४४ पुगेको छ। हाल संक्रिय संक्रमितको संख्या १० हजार ९ सय ५५ रहेको छ ।

सोमबार नै नेपालमा थप ८ सय ४२ जना कोरोना संक्रमितका बिरामी निको भएर डिस्चार्ज भएका छन् । यससँगै नेपालमा कोरोनाबाट निको हुनेहरूको कुल संख्या २ लाख ३६ हजार ५ सय ३३ पुगेको छ। हालसम्म १८ लाख ३६ हजार ४ सय ६४ पिसिआर नमुना परीक्षण भएको पनि मन्त्रालयले जनाएको छ।