नेपाली समय Loading...२०८१ बैशाख २४ सोमबार

मोरङमा प्रदेश सरकारको जेष्ठ नागरिकग्रामको शिलान्यास गरिदै

ओखलढुङ्गान्युज, मंशिर २९, २०७७ विराटनगर प्रदेश १ सरकारले निर्माण गर्न लागेको जेष्ठ नागरिक ग्रामको शोमबार शिलान्यास गर्न लागिएको छ । प्रदेश सरकारले मोरङको ग्रामथानमा निर्माण गर्न लागेको जेष्ठ नागरिक ग्रामको आज (शोमबार) शिलान्यास गरिने भएको हो ।

जेष्ठ नागरिक ग्रामको मुख्यमन्त्री शेरधन राई, सामाजिक विकास मन्त्री जीवन घिमिरेले संयुक्त रुपमा विहान ११ बजे शिलान्यास गर्ने कार्यक्रम रहेको सामाजिक विकास मन्त्रालय, सामाजिक विकास महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले जानकारी दिनुभयो । शिलान्यास कार्यक्रममा पुर्व मिस नेपाल तथा जेष्ठ नागरिक ग्रामकी डिजाईनर शृखंला खतिवडा, सामाजिक अभियान्ता रमेश प्रसाई, मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारी लगायतको उपस्थिति रहने छ ।

भवन निर्माणको शिलान्यास पछि जेष्ठ नागरिकग्राम निर्माणले गतिलिने सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताउनुभयो । परियोजना सम्पन्न भएपछि अहिले सञ्चालनमा रहेका आश्रमहरु भन्दा जेष्ठनागरिक ग्राम स्तरिय बन्ने मन्त्री घिमिरेले विश्वास व्यक्त गर्नुभयो । जेष्ठ नागरिकग्राम बेसहराहरुका लागि भन्दा पनि सम्मानजनक रुपमा बस्न सकिन्छ भन्ने अवधारणाबाट शुरु गरिएको मन्त्री घिमिरेले बताउनुभयो ।

सामाजिक विकास मन्त्रालयले मानव सेवा आश्रमसँगको सहकार्यमा जेष्ठनागरिक र मानव सेवाग्राम निर्माण गर्ने तयारी थालेको हो । १० विगाहा १४ कठ्ठामा ७२ वटा घरहरु निर्माण गरिने मन्त्रालयले जनाएको छ । सामाजिक विकास मन्त्रालयले चालु आर्थिक बर्षमा लागि ३ करोड ५० लाख बजेट विनियोजन गरेको छ ।