नेपाली समय Loading...२०८१ बैशाख २२ शनिबार

अख्तियारका पूर्वप्रमुख आयुक्त बस्न्यात पुर्पक्षका लागि थुनामा

ओखलढुङ्गान्युज, मंशिर २९, २०७७ काठमाण्डौं विशेष अदालत काठमाण्डौंले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई पुर्पक्षका लागि थुनामा पठाएको छ । ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गरेर भ्रष्टाचार गरेको मुद्दामा अख्तियारका पूर्वप्रमुख आयुक्त बस्न्यातलाई पुर्पक्षका लागि थुनामा पठाईएको हो ।

विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की, न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इलजासले ललिता निवासको जग्गा प्रकरणमा बस्नेत आरोपित देखिने भएकाले थुनामा पठाउने आदेश दिएको हो । बस्न्यातलाई आइतबार साँझ नै डिल्लीबजार कारागार चलान गरिएको छ ।

बस्न्यात अख्तियारको आयुक्त हुनुअघि तत्कालिन  समयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सचिव थिए । त्यही बेला उनले ललिता निवाससम्बन्धी फाइलको टिप्पणी उठाउने, सही गर्ने काम गरेका थिए । उनीविरुद्ध अख्तियारले ९ करोड ६५ लाख रुपैयाँ विगो माग गरी २०७६ माघ २२ गते मुद्दा दायर गरेको थियो ।