नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

आइतवारवाट पेट्रोलियम पदार्थको मूल्य बढ्यो

ओखलढुङ्गान्युज, मंशिर २८, २०७७ काठमाण्डौं आईतवारबाट पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले शनिवार राति १२ वजेवाट लागू हुनेगरि पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

शनिबार राति १२ बजे अर्थात आईतवारवाट लागू हुनेगरी पेट्रोलमा एक रुपैयाँ र डिजेल तथा मटितेलमा दुई रुपैयाँले मूल्य बढेको नेपाल आयल निगमले जनाएको छ । नयाँ मूल्यअनुसार पेट्रोलको खुद्रा बिक्री मूल्य १०८ रुपैयाँ पुगेको छ भने डिजेल तथा मटितेलको मूल्य ९१ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

डिसेम्बर एकमा आईओसीबाट प्राप्त नयाँ मूल्य सूचीअनुसार इन्धनको मूल्य बढेर प्राप्त भएका कारण स्वचालित मूल्य कार्यान्वयन कार्यविधिअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।