नेपाली समय Loading...२०८१ बैशाख २२ शनिबार

राज्य व्यवस्था समितिको निर्देशन विपरित पोख्रेल एआईजीमा बढुवा

ओखलढुङ्गान्युज, मंशिर २६, २०७७ काठमाण्डौं बुधबार साँझ बसेको मन्त्रिपरिषद बैठकले प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गरेको छ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले एआईजीको दरबन्दी थप गर्ने निर्णय कार्यान्वयन नगर्न दिएको निर्देशनलाई बेवास्ता गर्दै सरकारले पोखरेललाई बढुवा गर्ने निर्णय गरेको हो ।

नेपाल सरकार मन्त्रिपरिषद्को  बुधबार साँझ बसेको बैठकले पोखरेललाई बढुवा गर्दै कार्य एवं अपराध अनुसन्धान विभागमा पदस्थापन गरेको छ । महानगरीय प्रहरी कार्यालय, रानीपोखरीको जिम्मेवारी भने अपराध अनुसन्धान विभागका एआईजी हरिबहादुर पाललाई दिईएको छ ।

बुधबार राज्य व्यवस्था समितिको छलफलमा सहभागी गृहमन्त्री थापाले गृह मन्त्रालयले ५ वटा डीआईजीको दरबन्दी मात्र थप्न प्रस्ताव गरेको बताउनुभएको थियो । तर, मन्त्रिपरिषद्को प्रशासनिक समितिले एउटा एआईजीको समेत दरबन्दी थपेको बताउनुभएको थियो ।