नेपाली समय Loading...२०८१ बैशाख २४ सोमबार

विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई बढ्यो

ओखलढुङ्गान्युज, मंशिर २३, २०७७ काठमाण्डौं विश्वको सर्वोच्च शिखर सगरमाथाको उचार्इ बढेको छ । पछिल्लो मापन अनुसार सगरमाथाको उचाई ८६ सेन्टिमिटर बढेको छ । मंगलवार एक कार्यक्रमका विच सगरमाथाको नयाँ उचाइ नेपाल र चीनले एकैपटक सार्वजनिक गरेको हो ।

योसँगै अब सगरमाथाको उचाइ ८८४८.८६ मिटर पुगेको नापी विभागमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले घोषणा गर्नुभयो । नेपाल र चीनका प्राविधिकहरुको, सरकारी अधिकारीहरुको संयुक्त प्रयासमा सगरमाथाको नयाँ उचाई पत्ता लागेको नेपाल सरकारले जनाएको छ।  गत मंसिर १० मा मन्त्रिपरिषद् बैठकले सगरमाथाको नयाँ उचाइ घोषणाको स्वीकृति दिएको थियो।

यसअघि नेपालले आधिकारिक रूपमा उल्लेख गर्ने ८ हजार ८ सय ४८ मिटर उचाइ भारतले सन् १९५४ मा मापन गरेको थियो । नेपालले अहिलेसम्म सोहि नापलाई आधिकारिक रूपमा मान्यता दिएको थियो।

नेपालले आफ्नै स्रोत–साधनबाट दुई वर्षअघिदेखि सुरु गरेको उचाइ मापनको परिणाम सार्वजनिक गर्ने क्रममा भने चीन जोडिएको हो । चीनका राष्ट्रपति सी चिनफिङ गत वर्ष नेपाल भ्रमणमा आएका बेला सगरमाथाको उचाइ संयुक्त रूपमा घोषणा गर्ने सहमति भएको थियो । नेपाल र चीन दुवै देशका सरकारी प्रतिनिधिहरुको भर्चुअल कार्यक्रमबाट दिउँसो पौने २ बजे औपचारिक कार्यक्रममार्फत् एकैपटक सगरमाथाको उचाइ सार्वजनिक गरिएको हो।

नेपालले आफ्नै स्रोत–साधनबाट दुई वर्षअघिदेखि सुरु गरेको उचाइ मापनको परिणाम सार्वजनिक गर्ने क्रममा भने चीन जोडिएको हो। चीनका राष्ट्रपति सी चिनफिङ गत वर्ष नेपाल भ्रमणमा आएका बेला सगरमाथाको उचाइ संयुक्त रूपमा घोषणा गर्ने सहमति भएको थियो । सगरमाथाको उत्तरी मोहडा चीन तर्फ पर्छ। चिनियाँहरु यसलाई झोमोलाङमाका नामले चिन्छन्।