नेपाली समय Loading...२०८१ बैशाख २४ सोमबार

मंगलबार प्रदेश १ मा थपिए कोरोनाका १६५ संक्रमित

ओखलढुङ्गान्युज, मंशिर २४, २०७७ । विराटनगर । मंगलवार प्रदेश १ मा १ सय ६५ जना कोरोना संक्रमित थपिएका छन् । मंगलबार थपिएकाहरुमा सुनसरीमा ७१, मोरङमा ४६, झापामा २०, संखुवासभामा ९, इलाममा ४, पाँचथरमा ३, धनकुटा, भोजपुर र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मंगलवार थपिएसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २८ हजार ४ सय १५ पुगेको छ । प्रदेश १ मा मंगलबार नै कोरोना संक्रमण निको भएर ९७ जना डिस्चार्ज भएका छन् । संक्रमित डिस्चार्ज हुनेहरुमा होमआईसोलेसनबाट ९१, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ४, मेची अस्पताल र विराट मेडिकल कलेजबाट १–१ जना रहेका छन् । मंलबारसम्म डिस्चार्ज हुनेको संख्या पनि २३ हजार ३ सय ४३ पुगेको छ ।

प्रदेश १ मा मंगलबार पछिल्लो २४ घण्टामा ८ सय ५४ जनाको पीसीआर परीक्षण गरिएकोमा ७१ महिला र ९४ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । मंगलबारसम्म प्रदेश नं. १ मा १ लाख ९७ हजार ६ सय ३८ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।