नेपाली समय Loading...२०८१ बैशाख २४ सोमबार

ईटहरीमा ५ सय सैयाको सुबिधा सम्पन्न अस्पताल बन्ने

ओखलढुङ्गान्युज, मंसिर २०, २०७७ ईटहरी ईटहरीमा ५ सय सैयाको सुबिधा सम्पन्न अस्पताल निर्माण हुने भएको छ । श्री कृष्ण प्रणामी मन्दिर प्रतिष्ठान नेपालद्वारा प्रस्तावित पाँच सय शैयाको अस्पताल निर्माणका लागि नगरपालिकाले स्विकृत जनाएको हो ।

प्रस्तावित सुबिधा सम्पन्न अस्पताल निर्माणका लागि शनिवार ईटहरीमा जग्गा खोजी गर्नका लागि समिति समेत निर्माण गरेको छ । इटहरी उपमहानगरद्वारा आयोजित सरोकारवाला सवै पक्ष उपस्थित वैठकले उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीको संयोजकत्वमा जग्गा खोजीका लागि समिति निर्माण गरेको हो ।

उपमहानगर प्रमुख चौधरीको संयोजकत्वमा जग्गा खोजीका लागि बनेको समितिका सदस्यहरुमा उपमेयर लक्ष्मी गौतम, याम सुब्बा, इश्वर भटटराई, हेमकर्ण पौडेल, रोहित प्रसाँई, हेम घिमिरे, भीम पौडेल, ध्रुव सुब्बा, मेदनी सिटौला र वजरंग अग्रवाल रहेका छन् ।

शनिवार भएको सरोकारवाला सर्बपक्षिय बैठकले जग्गा खोजी समितिलाई आवश्यक सल्लाह सुझाव र परामर्शका लागि सल्लाहकार समिति पनि गठन गरिएको छ ।  सल्लाहकार समितिमा संघीय सांसद सिताराम मेहता, प्रदेश नं. १ का उपसभामुख सरस्वती पोख्रेल र प्रदेश सांसदहरु सर्वध्वज साँवा, लिलम वस्नेत रहनुभएको छ ।