नेपाली समय Loading...२०८१ बैशाख २४ सोमबार

मूलखर्कको भूल्केमा सामुदायीक स्वास्थ्य ईकाईको उद्घाटन

ओखलढुङ्गान्युज, मंसिर १९, २०७७ मूलखर्क सुनकोशी गाउँपालिकाको वडा नं. ६ को भुल्केमा सामुदायीक स्वास्थ्य ईकाई कार्यालयको उद्घाटन गरिएको छ । आज एक कार्यक्रमका विच सुनकोशी गाउँपालिकाका अध्यक्ष रुद्र प्रसाद अधिकारीले स्वास्थ्य इकाई कार्यालयको उद्घाटन गर्नु भएको हो ।

साविकको मूलखर्क गाविस अन्तर्गत पर्ने भुल्केको पहिलेको स्वास्थ्य चौकी वडा नं. ५ मूलखर्कमा परेको र गाउँपालिकाको निर्माणसँगै भूल्के वडा नं. ६ मा परेपछि त्यहाँका नागरिकहरुलाई नजिकै स्वास्थ्य सेवा लिन असहज भएको थियो । नागरिकहरुको असहजतालाई ध्यान दिदै एक वडा एक स्वास्थ्य सेवा केन्द्रको अबधारणा अनुसार स्वास्थ्य सेवा ईकाईको स्थापना गरिएको हो ।

स्वास्थ्य ईकाईको स्थापनाका लागि महत्वपूर्ण योगदान दिने सबै वडावासीलाई गाउँपालिका अध्यक्ष अधिकारीले धन्यवाद दिनुभएको छ । सामान्य स्वास्थ्य उपचारको लागि भुल्केका नागरिकहरुले घण्टौंको यात्रा गर्नुपर्ने बाध्यता अब हटेको गाउँपालिका अध्यक्ष अधिकारीको भनाई छ ।

साविकको ५ ओटा गाविस मिलेर बनेको सुनकोशी गाउँपालिकामा हाल १० वटा वडाहरु रहेका छन् । साविकको पाँच गाविसको वडा मुकाममा स्वास्थ्य चौकी भएपनि वाकी पाँचओटामा भने स्वास्थ्य संस्था रहेका थिएनन् । गाउँपालिकाका सबै वडाहरुमा स्वास्थ्य संस्थाको स्थापना गर्ने गाउँपालिकाका लक्ष्य रहेको गाउँपालिका अध्यक्ष अधिकारीले बताउनुभयो ।