नेपाली समय Loading...२०८० चैत्र १५ बिहीबार

कोरोनाका कारण फ्रान्सका पूर्वराष्ट्रपतिको निधन

ओखलढुङ्गान्युज, मंशिर १९, २०७७ काठमाण्डौं फ्रान्सका पूर्वराष्ट्रपति भेलेरी गिसकार्ड डिएस्टेङ्गको मृत्यु भएको छ । कोरोना भाइरस संक्रमणका का कारण पूर्वराष्ट्रपति भेलेरी गिसकार्ड डिएस्टेङ्गको मृत्यु भएको हो ।

९४ वर्षका पूर्वराष्ट्रपति डिएस्टेङ्गलाई केही दिनअघि श्वासप्रश्वासमा समस्या देखिएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । अस्पतालबाट स्वस्थ भएर घर फर्किए पनि उनको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

पूर्वराष्ट्रपति भेलेरी गिसकार्ड डिएस्टेङ्गले सन् १९७४ देखि १९८१ सम्म फ्रान्सका राष्ट्रपति रहेका थिए । उनी युरोपेली संघका प्रमुख संस्थापक समेत भए । उनलाई युरोपेली देशलाई एकजुट बनाउन योगदान पुर्याउने व्यक्तिको रुपमा पनि चिनिन्छ ।