नेपाली समय Loading...२०८१ बैशाख २४ सोमबार

अपाङ्गता मैत्री प्रदेश बनाउछौं ः सामाजिक विकास मन्त्री घिमिरे

ओखलढुङ्गान्युज, मंशिर १८, २०७७ विराटनगर प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले अपाङ्गता मैत्री प्रदेश निर्माणमा जोड दिईएको बताउनुभएको छ । २९ औं अन्तराष्ट्रिय अपाङ्ग दिवसको अवसरमा विहिबार शुभकामना सन्देश दिनुहुँदै मन्त्री घिमिरेलेयस्तो बताउनुभएको हो ।

शुभकामना सन्देश दिदै मन्त्री घिमिरेले अपाङ्गता पुर्नस्थापना तथा रोकथाम कार्यक्रमको माध्यमबाट अपाङ्गता मैत्री प्रदेश निर्माणमा प्रदेश सरकार अघि बढेको बताउनुभयो । शुभकामना सन्देशमा मन्त्री घिमिरेले १३७ वटै स्थानीय तहमा करुणा फाउण्डेसनसँगको सहकार्यमा अपाङ्गता पुर्नस्थापना तथा रोकथाम कार्यक्रम सञ्चालन गरिरहेको समेत बताउनुभयो । मन्त्री घिमिरेले सरकारको प्रतिबद्धतालाई साकार पार्न राष्ट्रिय अपाङ्ग महासंघ, प्रदेश १ तथा प्रदेशमा रहेका सम्पूर्ण अपाङ्गता भएका व्यक्ति, निजी क्षेत्र, सरोकारवाला व्यक्ति लगायत संवन्ध पक्षलाई हातेमालोका लागि पनि आग्रह गर्नुभयो । 

प्रदेश सरकार गठन भएको तीन बर्षको अवधिमा अपाङ्गताका क्षेत्रमा सरकारले उदाहरणीय कार्य गरेको बताउनुहुँदै अहिले प्रदेश स्तरीय नीति तर्जुमाको तयारीमा रहेको बताउनुभयो । सहयोगापेक्षी सडक आश्रित मानवहरुको उद्धार तथा पुर्नस्थापना, अपाङ्गता भएका व्यक्तिहरुका लागि सूचना, सहायता र परामर्श सेवाको संचालन, प्रदेश स्तरिय अपाङ्गता समन्वय समित गठन लगायतका कार्य गरिएको मन्त्री घिमिरेले बताउनुभयो ।

२९ औं अन्तराष्ट्रिय अपाङ्ग दिवसको अवसरमा विहिबार ओखलढुङ्गा लगायत देशभर नै विभिन्न कार्यक्रम गरेर मनाईएको छ ।