नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा  चन्द्र ढकाल निर्वाचित

ओखलढुङ्गान्युज, मंशिर १४, २०७७ । काठमाण्डौं । शनिवार सम्पन्न नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा  चन्द्र ढकाल निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनको मत परिणाम अनुसार आफ्ना प्रतिद्वन्द्दी किशोर प्रधानलाई पराजित गर्दै ढकाल वरिष्ठ उपाध्यक्षमा विजयी हुनुभएको हो ।

ढकाल निर्वाचित भएसँगै निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था नेपाल उद्योग वाणिज्य महासंघको २०औं अध्यक्ष बन्ने निश्चित भएको छ । नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष ढकालले शेखर गोल्छापछि महासंघको नेतृत्व सम्हाल्नेछन् । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै आगामी कार्यकालमा स्वतः अध्यक्ष हुने व्यवस्था गरेकोले उपाध्यक्ष र सोभन्दा मुनिका विभिन्न पदमा शनिबार मतदान भएको थियो ।

शनिवार भएको चुनावमा ३० प्रतिशत मत भार रहेको एशोसिएटमा चन्द्र ढकालले ५२२ र  किशोर प्रधानले ३७५ मत प्राप्त गर्नुभएको थियो । त्यसैगरि २० प्रतिशत मत भार रहको वस्तुगतमा चन्द्र ढकालले ५९ किशोर प्रधानले ३९ मत प्राप्त गर्नुभयो भने  ५० प्रतिशत मत भार रहेको जिल्ला–नगरतर्फ चन्द्र ढकालले ५२ र किशोर प्रधानले ५३ मत प्राप्त गर्नुभएको थियो ।