नेपाली समय Loading...२०८१ बैशाख १८ मंगलवार

नगरपालिकाले दियो नर्सिङ कलेजलाई पाँच थान कम्प्युटर

ओखलढुङ्गान्युज, मंशीर ११, २०७७ ओखलढुङ्गा ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकाले स्कूल अफ हेल्थ साईन्स सोब्रुलाई ५ थान कम्प्युटर हस्तान्तरण गरेको छ । नगर पालिकाका प्रमुख मोहन कुमार श्रेष्ठले बुधवार नगरपालिकामा आयोजित एक कार्यक्रमका बिच सामुदायीक अस्पताल सोब्रुका निर्देशक युवराज आचार्यलाई उक्त कम्प्युटर हस्तान्तरण गर्नुभएको हो ।

सिद्धिचरण नगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ मा विनियोजन गरेको वार्षिक बजेटबाट खरिद गरि उक्त ५ थान डेक्सटप हस्तान्तरण गरेको नगरपालिकाले जनाएको छ । जिल्लामा नै पहिलो पटक नगरपालिका क्षेत्र भित्र हेल्थ साईन्सको कक्षा सञ्चालन भएको र त्यहाँको ब्यबस्थापन पक्षले नगरपालिकासँग कम्प्युटरका उपलब्ध गराईदिन लागि आग्रह गरेकोले नगरपालिकाको बजेटवाट कम्प्युटर खरिद गरि हस्तान्तरण गरिएको नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।

नगरपालिकाले २ लाख ४९ हजार ९ सय ९९ रुपैया बराबरको डेक्सटप कम्प्युटर खरिद गरेर हस्तान्तरण गरेको नगर प्रमुख श्रेष्ठले बताउनुभयो । कम्प्युटर हस्तान्तरण गर्दै नगर प्रमुख श्रेष्ठले नगरपालिकाले प्रदान गरेको कम्प्युटर मार्फत हेल्थ साईन्स कक्षामा अध्ययनरत विद्यार्थीको लागि केही सहयोग पुग्ने आशा व्यक्त गर्नुभयो । आगामी दिनमा पनि कलेजको शैक्षिक गुणस्तरमा बृद्धि गराउनका लागि नगरपालिकाको तर्फवाट सहयोग हुने प्रतिबद्धता समेत जाहेर गर्नुभयो ।

सिटिईभिटी र नगरपालिकाको साझेदारीमा सञ्चालन भएको उक्त कलेज हाल तेश्रो वर्षमा सञ्चालनमा रहेको छ । कलेज ४० जनाको क्षमताको भएपनि जिल्लामा १ सय बेड क्षमताको अस्पताल नभएको कारण हाल केही कम सख्यामा क्याम्पसमा अध्यापन भैरहेको छ । कलेज सामुदायीक अस्पताल सोब्रुको स्वामित्वमा सञ्चालन भैरहेको छ ।