नेपाली समय Loading...२०८१ बैशाख २१ शुक्रबार

माउण्ट म्यारापिकमा पत्रकार महासंघ ओखलढुङ्गाको झण्डा

ओखलढुङ्गान्युज, मंशिर, २०७७ ओखलढुङ्गा नेपाल पत्रकार महासंघ ओखलढुङ्गा शाखाका अध्यक्ष दिपेन्द्र रुम्दालीले माउन्ट म्यारापिकको सफल आरोहण गर्नुभएको छ । ६ हजार ४ सय ७० मिटरको उचाइमा रहेको म्यारापिकको अध्यक्ष रुम्दालीले २०७७ कार्तिक २९ गते सफलता पुर्बक आरोहण गर्नुभएको हो ।

पत्रकार अध्यक्ष रुम्दालीले म्यारापिकको शिखरमा पुगेर नेपाल पत्रकार महासंघ ओखलढुङ्गा शाखाको झण्डा फहराउनु भएको छ । केही समय अगाडी कालापत्थर सम्म रिपोर्टिङको क्रममा जादा म्यारापिकको आरोहण गर्ने सपनालाई आफुले पुुरा गरेको अध्यक्ष रुम्दालीले बताउनुभयो । अध्यक्ष रुम्दालीले भन्नुभयो, ‘हिमाल आरोहण साच्चिकै निकै ऐतिहासिक भयो । एउटा सपना पुरा भयो । ६४७० मिटरको उचाईमा पुगेर सफलता पूर्बक महासंघको झण्डा फहराएर फर्किएँ । यसले थप उचाईको हिमालको आरोहण गर्नका लागि किाई समेत मिलेको छ । यात्रामा सहयोग गर्ने सबैप्रति ऋणी र अभारी पनि छु ।’

सोल हिमालयन ट्रेक एण्ड टुर्स् का सञ्चालक सर्की शेर्पा र पेम्बा शेर्पाको सहयोगमा अध्यक्ष रुम्दालीले सफलता पूर्वका हिमाल आरोहण गर्नु भएको हो । १० दिनमा आरोहण सम्पन्न गर्ने लक्ष्यका साथ कात्तिक २० गत्ते हिमाल तर्फ लाग्नु भएका अध्यक्ष रुम्दालीको ९ दिनमा नै हिमालको आरोहण गरेको थियो ।

म्यारापिकवाट नेपालका उच्च हिमशृखंलाहरुको सहजै अबलोकन गर्न सकिने भएकोले नेपालका अरु हिमाल भन्दा म्यारापिकमा बढि हिमाल चढ्नेहरुको भिड हुने गर्छ । तर कोडिका कारण शंशार प्रभावित भएको बेला अहिले हिमालहरुमा आउने पर्यटकहरुको संख्या पनि लगभग शुन्य मात्रामा रहेको ट्रेकिङ व्यबसायीहरु बताउछन् । पछिल्ला केही महिना यता हिमाल आरोहणका लागि सरकारले अनुमति खुल्ला गर्न थालेपनि हिमाल आरोहण गर्ने यो सिजन लगभग सकिएको छ ।