नेपाली समय Loading...२०८१ बैशाख २१ शुक्रबार

आईतवार थपिए कोरोनाका १६ सय ६९ संक्रमित, प्रदेश १ मा २ सय १४

ओखलढुङ्गान्युज, मंशिर , २०७७ काठमाण्डौं आईतवार पछिल्लो २४ घण्टामा देशभर १ हजार ६ सय ६९ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका आईतवार पछिल्लो २४ घण्टामा ८ हजार ३२ जनामा गरिएको कोरोना परीक्षणमा १ हजार ६ सय ६९ संक्रमित भेटिएका हुन् । संक्रमितमध्ये काठमाडौं उपत्यकाका मात्रै ९ सय ५७ जना रहेका छन् ।

आईतवार थपिएसँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेहरुको संख्या २ लाख २० हजार ३ सय ८ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभरवाट ५ हजार ६ सय ९९ जना कोरोना भाइरस संक्रमणवाट मुक्त भएका छन् । हालसम्म नेपालमा कोरोना भाईरस संक्रमणमुक्त हुनेको संख्या १ लाख ९९ हजार २४ पुगेको छ । अब देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ९ सय ६३ रहेको छ ।

प्रदेश १ मा पनि आईतवार २ सय १४ जना कोरोनाका संक्रमित थपिएका छन् । थपिनेमा मोरंगमा ७३, सुनसरीमा ५३, झापामा ५०, संखुवासभा र इलाममा ६–६, खोटाङमा ३ , उदयपुरमा २, धनकुटा र पाँचथरमा १–१ र प्रदेश १ बाहिरका १९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

आईतवार पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३ सय ११ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा होमआईसोलेसनबाट २९४, जिल्ला अस्पताल धनकुटाबाट ९ र विराट मेडिकल कलेजबाट ८ जना रहेका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या प्रदेश १ मा २० हजार ८ सय ९९ पुगेको छ  भने कूल कोरोना संक्रमितको संख्या २५ हजार २ सय ९० पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।