नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

सिनपा १ को जंगलमा लागेको आगो नियन्त्रणमा

ओखलढुङ्गान्युज, मंशिर , २०७७ निशंखे ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका वडा नं. १ तलुवाको कर्कलेभिर जंगलमा शनिवार लागेको आगो नियन्त्रणमा आएको छ । शनिवार विहानै देखी लागेको आगो स्थानीयवासी र सुरक्षाकर्मीहरुको सहयोगमा शनिवार अपरान्ह मात्रै नियन्त्रणमा आएको हो ।

विहान सानो रुपमा देखिएको आगोले दिउसो भिषण रुप लिएपछि स्थानीय नागरिक र सुरक्षाकर्मीहरुको सहयोगमा आगोलाई नियन्त्रणमा लिन सफल भएका निशंखेवाट बशन्त कटुवालले जानकारी दिए । आगलागी वस्तिमा छिर्न लागेपछि र नेपाल टेलिकमको फोरजी टावरमा आगलागीका कारण क्षति हुनलागे पछि स्थानीयहरुले बस्ती तर्फवाट समेत जंगलमा आगो लगाउदै निभाएका थिए । आगोले जंगल सखाप बनाएपनि अरु मानविय र धनजनको क्षति हुनवाट भने जोगिएको छ ।

आगो नियन्त्रणका लागि अहिले ओखलढुङ्गा जिल्ला सदरमुकामबाट नेपाली सेना, नेपाल प्रहरी र शशस्त्र प्रहरीको टोली समेत घटनास्थलमा पुगेका थिए । जंगलका रुखहरुमा स्थानीयले खर घाँस काटेर राखेको र केन्द्रिय विद्युत प्रसारण लाईनमा विद्युत सट हुदा आगलागी भएको हुन सक्ने स्थानीयले आशंका गरेका छन् ।

केही स्थानीयले भने जंगलमा रहेको बारुलाको चाका पोल्ने क्रममा आगो उछिट्टिएको वा चुरोट खाएर ठुटोलाई त्यसै छाड्दा आगो सल्किएको हुनसक्ने आशंका गरेका छन् । यद्यपी आगलागी घटनाको बारेमा विस्तृत विवरण भने आउन बाकी रहेको छ ।