नेपाली समय Loading...२०८१ बैशाख १९ बुधबार

प्रदेश १ मा कोरोनाका २१८ संक्रमित थपिए, ५६० जना डिस्चार्ज

ओखलढुङ्गान्युज, मंशिर , २०७७ विराटनगर प्रदेश नं. १ मा पछिल्लो २४ घण्टामा कोरोना भाईरसका ५ सय ६० जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । होम आईसोलेसनबाट ५ सय ४० जना, मेची अस्पतालबाट ७ जना, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ५ जना, कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र र विराट मेडिकल कलेजबाट ४–४ जना डिस्चार्ज भएका हुन् । विहिबारसम्म कोरोना संक्रमणबाट प्रदेश नं. १ मा डिस्चार्ज हुनेको संख्या १९ हजार ७ सय ८७ पुगेको छ ।

त्यसैगरि विहिबार पछिल्लो २४ घण्टामा प्रदेश १ मा २ सय १८ जना कोरोना भाईरसका संक्रमित थपिएका छन् । थपिनेहरुमा मोरंगमा ८६, सुनसरीमा ५४, झापामा ४४, पाँचथरमा ११, संखुवासभामा ४, इलाममा ३, उदयपुरमा २, धनकुटा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका १२ जना रहेको सामाजिक विकास मन्त्रालय विराटनगरले जनाएको छ । योसँगै विहिबारसम्म कोरोना संक्रमितको संख्या २४ हजार ७ सय ३४ पुगेको छ ।

प्रदेश १ मा विहिबार पछिल्लो २४ घण्टामा ८ सय ३३ जनाको पीसीआर परीक्षण गरिएकोमा २ सय १८ जनामा कोरोना पोजेटिभ आएको हो । परीक्षण गरिएकाहरु मध्ये ९९ जना महिला र १ सय १९ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म प्रदेश नं. १ मा १ लाख ८१ हजार ३ सय ६३ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।