नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

लक्ष्मीपुजा गर्नेदिन ओखलढुङ्गामा एक जलेर नष्ट

ओखलढुङ्गान्युज, कात्तिक २९, २०७७ । ओखलढुङ्गा । शनिवार साझ ओखलढुङ्गामा आगलागी हुदा एकघर जलेर पुर्ण रुपमा नष्ट भएको छ । आगलागीबाट सिद्धिचरण नगरपालिका वडा नं. ११ का विजय राईको घर जलेर नष्ट भएको हो ।
लक्ष्मीपुजा गर्ने क्रममा घरमा आगलागी सुरु भएको अनुमान गरिएको भएपनि घरधनीहरु काठमाडौंमा भएकोले आगलागीको कारण खुली नसकेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । आगलागी हुनसाथ नजिकै रहेको जिल्ला प्रहरीको टिम र स्थानीयको सहयोगमा आगोलाई नियन्त्रणमा लिईएको छ ।
आगलागीको कारण र क्षतिको पुरा विवरण आउन बाँकी छ । घरधनी काठमाडौँ रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको र आगलागीको कारणका बारेमा अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।