नेपाली समय Loading...२०८१ बैशाख २० बिहीबार

प्रदेश १ मा शुक्रबार कोरोना संक्रमित ७ सय ३६ डिस्चार्ज, ३ सय ६४ थपिए

ओखलढुङ्गान्युज, कात्तिक २९, २०७७  विराटनगर शुक्रबार पछिल्लो २४ घण्टामा प्रदेश नं. १ मा ७ सय ३६ जना कोरोना भाईरसका संक्रमित डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने सवै होमआईसोलेसनमा बसेका छन् । योसगै प्रदेश नं. १ मा कोरोना भाईरस संक्रमित मध्ये निको हुनेको संख्या १७ हजार १ सय ५४ पुगेको छ ।

त्यसैगरि प्रदेश नं. १ मा शुक्रबार पछिल्लो २४ घण्टामा ३ सय ६४ जना कोरोना संक्रमित थपिएका छन् । थपिनेहरुमा मोरंगमा १४२, सुनसरीमा १०५, झापामा ६६, उदयपुरमा ८, ते¥हथुममा ५, इलाममा ४, पाँचथर र सोलुखुम्वुमा ३–३, संखुवासभा र धनकुटामा २–२, ओखलढुङ्गा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका २२ जना रहेको सामाजिक विकास मन्त्रालय विराटनगरले जनाएको छ । योसँगै प्रदेश १ मा कोरोना भाईरस संक्रमितको संख्या २३ हजार ४ सय ३४ पुगेको छ ।

प्रदेश १ मा शुक्रबार पछिल्लो २४ घण्टामा १ हजार ७ सय ५ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । परीक्षण गरिएका मध्ये १ सय ४२ महिला र २ सय २२ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म प्रदेश १ मा १ लाख ७७ हजार ३ सय ५४ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।