नेपाली समय Loading...२०८१ बैशाख २० बिहीबार

कोरोनाको उपचार गर्न प्रदेश १ मा ५ सय वेड थपिदै

ओखलढुङ्गान्युज, कात्तिक २७, २०७७ विराटनगर प्रदेश १ सरकारले कोरोना संक्रमितको उपचारका लागि ५ सय वेड थप गर्ने भएको छ । कोरोना संक्रमितहरुको संख्यामा निरन्तर बृद्धि भएसँगै उनीहरुको उपचारका लागि प्रदेश नं. १ का विभिन्न जिल्लाहरुमा ५ सय बेड थप गर्ने तयारी गरेको हो ।

मंगलबार आयोजित एक कार्यक्रममा प्रदेशभरि अक्सिजन, आईसियु र भेन्टिलेटर सहितका वेड थप गर्ने सरकारले तयारी गरेको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताउनुभयो । प्रदेश स्तरिय स्वास्थ्य कार्यालयहरुको बार्षिक स्वास्थ्य समीक्षा तथा योजना तर्जुमा गोष्ठि कार्यक्रमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै बुधबार मन्त्री घिमिरेले सो कुरा बताउनुभएको हो । कोरोना संक्रमितले अक्सिजन, आईसियु र भेन्टिलेटरको खोजी गर्न थालेकोले पनि उनीहरुको उपचारमा थप सहज वनाउने उद्धेश्यले बेड संख्या थप गर्न लागिएको मन्त्रि घिमिरेले बताउनुभयो ।

प्रदेश सरकार परिस्थितिको माग अनुसार अघि बढेको भन्दै उहाँले प्रदेश भरि ५ सय वेड विस्तार गर्ने तयारी गरिएको मन्त्रि घिमिरेको भनाई छ । कोरोना संक्रमण एकनास नभएकाले संक्रमणको अवस्था अनुसार योजना बनाउन समिक्षा गोष्ठिमा सहभागी स्वास्थ्य कार्यालयका प्रमुखहरुलाई उहाँले निर्देशन समेत दिनुभयो । प्रदेश नं. १ का भुगोल  अनुसार पनि संक्रमणको अवस्था फरक रहेको भन्दै अवको चुनौतिलाई सामना गर्न स्थान विशेषको कोरोना नियन्त्रणको नीति बनाउन आवस्यक रहेको उहाँको भनाई छ । उहाँले कोरोना संक्रमणको कारण विश्व स्वास्थ्य संगठन र स्वास्थ्य मन्त्रालयले भनेजस्तो भन्दापनि स्थानीय स्तरको अवस्थाबारे पनि खोजि गर्न आवश्यक रहेकोमा मन्त्रि घिमिरेले जोड दिनुभयो ।

गत शोमबार देखी सुरु भएको प्रदेश नं. १ का स्वास्थ्य कार्यालयहरुको बुधबार सम्म समिक्षा गोष्ठि सम्पन्न भएको हो । समिक्षा गोष्ठिमा प्रदेश नं. १ का विभिन्न स्वास्थ्य कार्यालयका प्रमुख तथा प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।