नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

कात्तिक २९ देखी वाणिज्य बैंकहरु नखुल्ने

ओखलढुङ्गान्युज, कात्तिक २६, २०७७ काठमाण्डौं कात्तिक २९ गतेवाट राष्ट्रिय वाणिज्य बैंकका शाखा कार्यालयहरु नखुल्ने भएका छन् । कात्तिक २९ गतेवाट २०७७ को तिहारको विदा सुरुवात हुने र तिहारको विदाको अबधीभर कात्तिक २९ देखी मंशीर १ सम्म बैंकका आफ्ना शाखा कार्यालयहरु बन्द गर्ने भएको हो ।

विगतका वर्षहरुमा वाणिज्य बैंकहरुले आफ्ना केही सिमित शाखाहरु मार्फत विदाका दिनमा पनि सेवा प्रदान गर्दै आएको थियो । तर यो वर्ष कोरोना भाईरस संक्रमणको उच्च जोखिम रहेको भन्दै तिहारको विदाको अबधीमा आफ्ना शाखा कार्यालयहरु वन्द गर्ने निर्णय गरेको वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले जानकारी दिनुभयो । 

तिहार विदामा वाणिज्य बैंकका शाखा कार्यालयहरु बन्द भएपनि डिजिटल सेवाहरु भने सधैं खुला हुने संघले जनाएको छ । डिजिटल सेवाहरु सूचारु भैरहने भएकोले बैंक वन्द भएका अबधिमा पनि डिजिटल कारोबार गर्न अनुरोध गरेको छ ।

हालसम्म वाणिज्य बैंकका ६ हजारभन्दा धेरै कर्मचारीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । थप कर्मचारीमा संक्रमण र धेरै कारोबार नहुने अनुमान गर्दै बन्द गर्ने निर्णय गरेको वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले जनाएको छ ।