नेपाली समय Loading...२०८१ बैशाख १६ आईतवार

आज विजया दशमी, टीका लगाउन १०ः१९ मा उत्तम साइत

ओखलढुङ्गान्युज, कातिक १०, २०७७ । काठमाण्डौं । आज विजया दशमी । हिन्दूहरुको महान् चाड विजया दशमीको मुख्य दिन । आज आफु भन्दा ठूला र आफ्ना मान्यजनको हातवाट नवदुर्गाको प्रसादका रुपमा लिईने शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व यो वर्षको आज अर्थात कातिक १० गते शोमबार मनाईदैछ ।

कातिक १ मा राखिएको देवि स्थापनाको विसर्जनको साइत आज  बिहान १०ः११ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएके छ । समितिका अनुसार अनको टीकाप्रसाद ग्रहण गर्ने उत्तम साइत १०ः१९ बजे रहेको छ ।

मुख्य साईत १० ः १९ मा रहेपनि त्यसभन्दा पछाडी पनि टिका लगाउन सकिने पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । विजयादशमी आफैंमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोजिरहन नपर्ने पनि समितिले जनाएको छ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट जल अभिषेक गरी विजयादशमीको दिन टीका लगाउने गरिन्छ । सत्ययुगमा देवीले महिषासुर र त्रेता युगमा रामले असत्यको प्रतीक रावणमाथि आजकै दिन विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन शुरु गरिएको धार्मिक विश्वास छ ।

वर्ष दिनमा एकपटक पिङमा चढेर भुई छाड्नुपर्छ भन्ने पुर्खाहरुको मान्यता भने यसपटक कोरोना कहरका कारण अपुरो हुने भएको छ । मानिसहरुको हुलमुलका कारण कोरोना फैलन सक्ने भन्दै सामाजिक भेला, पिङ राख्न र खेल्ने काम नगर्न सरकारले आग्रह गरेसँगै मान्यता अपुरो हुने गरेको हो । कोरोना संक्रमणको जोखिम रहेकाले टीका लगाइदिने र टीका थाप्ने व्यक्ति दुवैले मास्क लगाउनु पर्ने जनस्वास्थ्यविदहरुले सुझाव दिएका छन् । साथै आ–आफ्नो घरमै बसेर दसैं मनाउन पनि उनीहरुले आग्रह गरेका छन् ।