नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

आजदेखी तिन दिन ओखलढुङ्गामा विद्युत नआउने

ओखलढुङ्गान्युज, असोज २५, २०७७ ओखलढुङ्गा आईतवारवाट ओखलढुङ्गा जिल्लाको जिल्ला सदरमुकाम लगायतको क्षेत्रमा ३ दिन सम्म विद्युत अबरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण ओखलढुङ्गा वितरण केन्द्रले एक सूचना प्रकाशित गरेर यस्तो जानकारी गराएको हो ।

विद्युत प्राधिकरणका अनुसार आइृतवार विहान ८ बजेवाट ओखलढुङ्गा वितरण केन्द्र मार्फत वितरण हुने जिल्लाका ३३ के.भि लाईन र ११ के.भि. का एचटी र एलटी लाईनका सम्पूर्ण विद्युतहरु प्रशारणमा अबरुद्ध हुनेछन् । विद्युत प्रशारण लाईनका बुश कटिङको काम र लाईन मर्मत सम्बन्धिका काम गर्नुपर्ने भएकोले दैनिक विहान ८ बजेवाट साँझ ५ बजे सम्म विद्युत अबरुद्ध हुने ओखलढुङ्गा वितरण केन्द्रले जनाएको छ ।

प्राधिकरणका अनुसार यो अबधिमा जिल्ला सदरमुकाम सिद्धिचरण नगरपालिका, मोलुङ्ग गाउँपालिका, चिशंखुगढी गाउँपालिका, मानेभञ्ज्याङ्ग गाउँपालिका र सुनकोशी गाउँपालिकाका समेत केही क्षेत्रमा प्रसारणमा रहेको विद्युतमा अबरोध हुनेछ । मर्मत तथा बुश कटिङको कार्य सक्नासाथ यथासिघ्र विद्युत प्रशारणको काम सञ्चालन हुने पनि ओखलढुङ्गा शाखाले जनाएको छ ।