नेपाली समय Loading...२०८१ बैशाख २४ सोमबार

अनेरास्ववियूको ओखलढुङ्गामा एकता प्रकृया टुङ्गियो

ओखलढुङ्गान्युज, असोज २४, २०७७ ओखलढुङ्गा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृ संगठन अनेरास्ववियूको ओखलढुङ्गामा एकता प्रकृया टुङ्गो लागेको छ । शुक्रबार ओखलढुङ्गामा भएको संयुक्त बैठकले लामो समयदेखी बाकी रहेको एकता प्रकृयाको टुङ्गो लगाएको हो ।

माउ पार्टी नेकपा (एमाले) र एकिकृत नेकपा माओवादी विच केन्द्रमा एकता भएपनि कतिपय जिल्लामा अझैपनि एकताको प्रकृया टुङ्गो लागि सकेको छैन । त्यस्तै सबै भातृ संगठनको पनि अझै एकता प्रकृया टुङ्गो लगाईसकेको छैन । ओखलढुङ्गामा भने केहि दिन अगाडी मात्रै राष्ट्रिय युवा संघको जिल्ला नेतृत्वको टुङ्गो लगाएको थियो ।

शुक्रबार भएको एकता भेलाले पूर्व अनेरास्ववियूवाट २६ जना र अनेरास्ववियू (क्रान्तिकारी) १९ जना गरि ४५ जनाको जिल्ला कमिटिको टुङ्गो लगाएको छ । एकतापछिको अनेरास्ववियूको जिल्ला संयोजकमा अशेष श्रेष्ठ र सहसंयोजकमा चम्बु फुयाल रहेका छन् । श्रेष्ठ पूर्व अखिलका हुन भने फुयाल पूर्व अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष हुन् ।

एकता बैठकले १५ सदस्यीय जिल्ला सचिवालय र ७ सदस्यीय जिल्ला कार्यायको टुङ्गो लगाएको छ । १५ सदस्यीय जिल्ला सचिवालयमा अखिलवाट ९ र अखिल क्रान्तिकारीवाट ६, त्यस्तै जिल्ला कार्यालयमा अखिलवाट ४ र अखिल क्रान्तिकारीवाट ३ गरि ७ सदस्यीय रहेका छन् ।