नेपाली समय Loading...२०८१ बैशाख २४ सोमबार

राईहरुको धर्मग्रन्थ ‘थुलुङ मुन्धुम’ सार्वजनिक

ओखलढुङ्गान्युज, असोज २४, २०७७ । ओखलढुङ्गा । ओखलढुङ्गामा एक कार्यक्रमका बीच थुलुङ राईहरुको संस्कार र संस्कृति समेटिएको धर्मग्रन्थ ‘थुलुङ मुन्धुम’ सार्वजनिक गरिएको छ । चिशंखुगढी गाउँपालिकाका अध्यक्ष निशान्त शर्माको विशेष उपस्थितीमा उक्त धर्मग्रन्थको सार्वजनिक गरिएको हो ।

राई जातीहरुको जन्म तथा मृत्यु संस्कार, प्रकृया पद्धतिबारे अलिखित परम्परामै चलिरहेकोमा अब लिखित रुपमा नै यस धर्मग्रन्थ मार्फत पढ्न पाईनेछ । यो पुस्तकमा थुलुङ राई जातिको जन्मदेखि मृत्युसम्मको सम्पूर्ण विधी र संस्कार संस्कृतिको बारेमा बयान गरिएको छ ।

चिशंखुगढीको कुईभीरमा लोकार्पण गरिएको उक्त पुस्तकको सम्पादक तथा संकलक जसिहव थुलुङ ‘खाल्र्युम्च्यो’, डा. सुकराज थुलुङ राई र खुक्साङ खम्बुले गर्नुभएको हो । लामो समयदेखि थुलुङ जातिको धर्म, संस्कृति र परम्पराबारे अनुसन्धान गरेर जातीय संस्कृति संरक्षणका लागि ग्रन्थ तयार गपारिएको बताईउको छ ।

थुलुङ राई जातिको थातथलो ओखलढुङ्गा, खोटाङ, सोलुखुम्बु र उदयपुरबाट देशभर विस्तार भएका उनीहरुको संस्कार मुख्य गरि थातथलोको विद्यमान परम्परालाई ग्रन्थमा समेटिएको छ । पुस्तक बम थुलुङ स्मृति फाउण्डेशनले प्रकाशन गरेको हो । सार्वजनिक भएको उक्त पुस्तक थुलुङ धर्म संस्कृतिका विज्ञहरुको संयुक्त लेखन हो ।