नेपाली समय Loading...२०८१ बैशाख २४ सोमबार

यौन दुर्व्यवहार गरेको आरोपमा मानेभञ्ज्याङका वडा अध्यक्ष पक्राउ

ओखलढुङ्गान्युज, असोज २१, २०७७ । ओखलढुङ्गा । आफ्नै नजिकै नाताकी महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा मानेभञ्ज्याङ गाउँपालिकाका एक वडा अध्यक्ष पक्राउ परेका छन् । पक्राउ पर्नेमा वडा नं. ३ का वडा अध्यक्ष मेडल राई रहेका छन् ।वडा अध्यक्ष राईका विरुद्ध उजुरी आएपछि राईलाई शोमबार नै पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका राई र पिडित भनिएकी महिलाको जिल्ला अस्पताल रुम्जाटार लगेर स्वास्थ्य परीक्षण गरिएको छ । पक्राउ परेका वडा अध्यक्ष राईलाई मंगलबार अदालतबाट ५ दिनको म्याद थपेर अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी नायव उपरीक्षक रुपेश खड्काले जानकारी दिनुभयो ।

पिडित भनिएकी महिलाले आषय करणीको जाहेरी दिएकोले पक्राउ गरि अनुसन्धान थालिएको प्रनाउ खड्काले बताउनुभयो । केहिदिन पहिले मादक पदार्थ सेवन गरेर वडा अध्यक्षले घरैमा गई यौन दुर्व्यवहार गरेको पीडित महिलाको आरोप छ । घटनाबारे अनुसन्धान भैरहेकोले थप विवरण खुल्न बाकी रहेको प्रहरीको भनाइ छ ।