नेपाली समय Loading...२०८१ बैशाख १९ बुधबार

युवा संघ ओखलढुङ्गाका ईञ्चार्जमा बुद्ध, सहईञ्चार्जमा सन्तोष

ओखलढुङ्गान्युज, असोज १८, २०७७ ओखलढुङ्गा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल ओखलढुङ्गाको ईञ्चार्ज र सहईञ्चार्जको टुङ्गो लागेको छ । युवा संघ ओखलढुङ्गाको नयाँ जिम्मेवारी पाउनेमा जिल्ला इन्चार्ज बुद्ध श्रेष्ठ र सहइन्चार्जमा सन्तोष मगर रहेका छन् ।

केही दिन अगाडी भएको युवासंघ नेपालको राष्ट्रिय एकता भेला साथै केन्द्रिय कमिटि बैठकले ओखलढुङ्गा जिल्लामा पनि श्रेष्ठ र मगरलाई नयाँ जिम्मेवारी दिएको हो । श्रेष्ठ पूर्व एमालेवाट हुन् भने मगर पूर्व माओवादीवाट हुन् ।

त्यसैगरि युवासंघले ओखलढुङ्गाको संयोजक र सहसंयोजकको पनि टुङ्गो लगाएको छ । युवासंघको जिल्ला संयोजकमा राजन खत्रीलाई जिम्मेवारी दिएको छ । त्यसैगरि सहसंयोजकमा छवि धमलालाई जिम्मेवारी दिएको छ ।