नेपाली समय Loading...२०८१ बैशाख १९ बुधबार

छोरीलाई बन्दुकले हान्ने बाबु पक्राउ, घाईते छोरीको अबस्था गम्भिर

ओखलढुंगान्युज, असोज १७, २०७७ । ओखलढुंगा । जिल्लाको मोलुंग गाउँपालिकामा आफ्नै छोरीलाई बन्दुकले हान्ने बाबु पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोलुंग गाउँपालिका वडा नं. ७ पात्लेका ३३ वर्षिय डम्बर बहादुर तामांग रहेका छन् ।

शुक्रबार साँझ मदिरा सेवन गरि घर आएका तामांगले छोरीलाई भरुवा बन्दुकले हानेको स्थानीयले बताएका छन् । भरुवा बन्दुकको गोली र छर्राले लागेर १३ वर्षिया छोरी फूरीमाया तामांग घाईते भएकी हुन् । घाईते छोरीको अबस्था गम्भिर रहेको मोलुंग गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष हेम बहादुर सुनुवारले जानकारी दिनुभयो ।

घटना घटेपछि तामांग फरार भएका थिए भने स्थानीयले वडा अध्यक्ष सुनुवारलाई खबर गरेका थिए । वडा अध्यक्ष सुनुवारले प्रहरी चौकी श्रीचौर र ईलाका प्रहरी कार्यालय बरुणेश्वरमा खबर गरेका थिए । घटनाका बारेमा जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रामपुर र प्रहरी चौकी श्रीचौरवाट प्रहरीको टोली घटनास्थल तर्फ खटिएको थियो ।

अबेर राती घटनास्थल तर्फ पुगेको प्रहरीले स्थानीयको सहयोगमा तामांगलाई राती नै पक्राउ गरेको थियो । पक्राउ परेका तामांगलाई जिल्ला प्रहरी कार्यालय तर्फ ल्याउदै गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायव उपरीक्षक रुपेश खड्काले जानकारी दिनुभयो । उनलाई जिल्लामा ल्याईदै गरिएको र अनुसन्धान पछि मात्रै घटनाको बारेमा वास्तविकता आउने प्रहरी नायव उपरीक्षक खड्काले वताउनुभयो ।

घाईते छोरी फूरीमायालाई स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचार पश्चात थप उपचारका लागि सामुदायीक अस्पताल सोब्रु पठाईएको पनि वडा अध्यक्ष सुनुवारले जानकारी दिनुभयो । तामांगका परिवारको आर्थिक अवस्था सामान्य भएकोले स्थानीयहरु मार्फत आर्थिक संकलन गरेर उपचारका लागि सामुदायीक अस्पताल पठाईएको वडा अध्यक्ष सुनुवारले बताउनुभयो ।