नेपाली समय Loading...२०८१ बैशाख १९ बुधबार

शुक्रबार थपिए देशमा २७ सय २२ जना कोरोना संक्रमित

ओखलढुङ्गान्युज, असोज १६, २०७७ काठमाण्डौं शुक्रबार देशमा २७ सय भन्दा बढि कोरोना भाईरसका संक्रमितहरु थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशमा २ हजार ७ सय २२ जना कोरोना भाईरसका नयाँ संक्रमितहरु थपिएका हुन् । नेपालमा एकैदिन यती धेरै कोरोना भाईरसका संक्रमितहरु थपिएको यो पहिलो हो ।

शुक्रबार नियमित पत्रकार भेटघाट कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा. जागेश्वर गौतमले शुक्रबार नै देशभरबाट ३ हजार ३ सय ७ जना कोभिड संक्रमित निको भएर डिस्चार्ज भएको जानकारी दिनुभयो । कोभिड निको भएर घर फर्कनेको शुक्रबारको संख्या हाल सम्मकै उच्च हो ।

मन्त्रालयका प्रबक्ता डा. गौतमका अनुसार शुक्रबार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १४ हजार ७ सय ३९ जनाको कोरोना परीक्षण गरिएको थियो । शुक्रबार दिईएको तथ्यांक अनुसार हाल देशभर २१ हजार २ सय ३४  सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमित मध्ये ११ हजार ७ सय ६० जना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।  देशभरी २ सय १० जना आइसियु र २९ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

त्यसैगरि शुक्रबार पछिल्लो २४ घण्टामा देशभर ११ जना कोरोना भाईरसका संक्रमितहरुले ज्यान गुमाएका छन् । मृत्यु हुनेमा ४ जना महिला र ७ जना पुरुष रहेका छन् । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या पनि ५ सय २० पुगेको छ ।