नेपाली समय Loading...२०८१ बैशाख १२ बुधबार

आईपिएल २०२० मा साविक विजेता मुम्बई ईण्डियन्सको पहिलो जित

ओखलढुङ्गान्युज, असोज , २०७७ काठमाण्डौं साविक विजेता मुम्बइ ईण्डियन्सले इण्डियन प्रिमियर लिग (आईपीएल)  क्रिकेटमा पहिलो जित निकालेको छ । बुधबार राति भएको खेलमा मुम्बई इण्डियन्सले कोलकत्ता नाइट राइडर्सलाई ४९ रनले हराउदै यो सिजनमा पहिलो जित निकालेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९५ रन बनाएको थियो । तर मुम्बईले दिएको १ सय ९६ रनको लक्ष्य कोलकत्ताले पूरा गर्न सकेन । उसले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४६ रनमात्र बनाउन सक्यो ।यो सँगै मुम्बई ईण्डियन्स ४९ रनले विजयी भएको हो ।

मुम्बईले १३ औं संस्करणको आईपीएलमा पहिलो जित दर्ता गरेको छ । उदघाटन खेलमै साविक उपविजेता चेन्नाई सुपर किंग्ससंग मुम्बई पराजित भएको थियो । कप्तान रोहित शर्माको शानदार अर्धशतक अनि बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि मुम्बईले सहज जित हात पारेको हो । मुम्बई साविक विजेता टिम हो ।