नेपाली समय Loading...२०८१ बैशाख १८ मंगलवार

बुधबार विहानै ओखलढुङ्गामा भुकम्पको धक्का

ओखलढुङ्गान्युज, भदौ ३१, २०७७ । ओखलढुङ्गा । ओखलढुङ्गा जिल्लामा बुधबार विहानै भुकम्पको धक्का महशुस गरिएको छ ।

सिन्धुपाल्चोक जिल्लाको राम्चे केन्द्रवन्दु बनाएर ६ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पले नेपाल सँगै चीनका केही भूभागमा समेत क्षेति गरेको बताईएको छ ।

बुधबार बिहान ५ बजेर १९ मिनेट जाँदा भुकम्पको ठुलै धक्का महसुस गरिएको हो । विहान उज्यालो भएर उठ्ने तरखरमा लागेका नागरिकहरु भुकम्पको धक्का संगै घरबाहिर निस्किएका थिए ।

भुकम्पको धक्काको बारेमा विस्तृत विवरण आउन बाँकी छ ।