नेपाली समय Loading...२०८१ बैशाख १८ मंगलवार

ओखलढुङ्गामा थपिए कोरोनाका १८ संक्रमित

विवेश श्रेष्ठ, भदौ २८, २०७७ । ओखलढुङ्गा । ओखलढुङ्गा जिल्लामा आईतबार कोरोना भाइरसका १८ जना संक्रमितहरु थपिएका छन् ।गत मंगलबार जिल्लाका उच्च ओहोदामा रहेका विशिष्ट ब्यक्ति सहित ९ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको थियो ।

संक्रमित व्यक्तिको सम्पर्कमा आएको ब्यक्तिहरुको ट्रेसिङका क्रममा लिइएका १ सय २ जनाको स्वाब मध्ये १८ जना ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला कमाण्ड पोष्ट ओखलढुङ्गाले जनाएको छ ।

संक्रमित व्यक्तिहरुमा जिल्ला समन्वय समितिका प्रमुखका परिवारको सम्पर्कमा रहेका ब्यक्तिहरु रहेको बताइएको छ । नयाँ संक्रमित व्यक्तिहरु थपिए सगै उनीहरुको ब्यबस्थापनको काम भैरहेको सहायक प्रमुख जिल्ला अधिकारी तुलसी भट्टराईले जानकारी दिनुभयो । विस्तृत विवरण भने आउन बाँकी रहेको छ ।