नेपाली समय Loading...२०८१ बैशाख १८ मंगलवार

कटुञ्जेको एक घरमा आगलागी, ५ लाख बराबरको क्षति

ओखलढुङ्गान्युज, भदौ २२, २०७७ कटुञ्जे गएराति जिल्लाको सुनकोशी गाउँपालिका वडा नं. १० कटुञ्जेको एक घरमा आगलागी भएको छ । स्थानीय देवमणी अधिकारीको मतानमा आगलागी हुदा करीब ५ लाख मुल्य बराबरको भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

आईतवार राती ८ बजेतिर गाईबस्तु बाधेको गोठमा बस्तुका लागि खोले पकाउने क्रममा आगो सल्किएर आगलागि भएको बताईएको छ । खरको छानो भएको उक्त गोठमा आगलागी हुदा गोठभित्र रहेका ५ ओटा खसी, २ ओटा बाख्रा जलेर मरेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक मिलनसिंह बस्नेतले जानकारी दिनुभयो । आगलागीमा परेर भैसीको पाडो समेत घाईते भएको छ ।

आगलागीका कारण मानविय क्षति नभएपनि दुईतले उक्त मतान भने जलेर पूर्ण रुपमा नष्ट भएको छ । रातको समयमा आगलागी भएको भएपनि नजिक अरु घरहरु नभएकोले अरु थप क्षति हुनवाट भने जोगिएको छ । गोठमा लागेको आगोलाई स्थानीयवासीहरुले एकघण्टा पछि अर्थात राती ९ बजेतिर नियन्त्रणमा लिएका थिए ।