नेपाली समय Loading...२०८१ बैशाख १८ मंगलवार

वडा कार्यालय भवन बनाउन जग्गा दिने सम्मानित

ओखलढुङ्गान्युज, भदौ २१, २०७७ मोलुङ मोलुङ गाउँपालिकाको वडा नं. ७ को वडा कार्यालय भवन निर्माणका लागि जग्गा दिन ४ जनालाई वडा कार्यालयले सम्मानित गरेको छ । गाउँपलिकाको वडा नं. ७ पात्लेको तालकोटमा रहेको बजार नजिकै ७ रोपनी जग्गा निशुल्क उपलब्ध गराउने व्यक्तिहरुलाई वडाले सम्मानित गरेको हो ।

सम्मानित हुनेहरुमा कनुरी शेर्पा, ङिमा शेर्पा, पेमा शेर्पा र फिञ्जु शेर्पा रहेका छन् । उनीहरुले वडा कार्यालयको नयाँ वन्ने भवनका लागि आवश्यक पर्ने जग्गा उपलब्ध गराएका थिए । वडा कार्यालयका लागि कनुरी शेर्पाले ३ रोपनी, ङिमा शेर्पाले २ रोपनी तथा  पेमा शेर्पा र फिञ्जु शेर्पाले क्रमशः १÷१ रोपनी जग्गा निशुल्क उपलब्ध गराएको वडा अध्यक्ष हेम बहादुर सुनुवारले जानकारी दिनुभयो ।

हाल मोलुङ गाउँपालिका वडा नं. ७ को वडा कार्यालय व्यक्तिको घरमा भाडा तिरेर तालकोट बजारमा नै सञ्चालन भैरहेको छ । जग्गा निशुल्क प्राप्त भएपछि आगामी आर्थिक वर्षवाट वडा नं. ७ को वडा कार्यालयको आफ्नै भवन निर्माणका लागि आफुले पहल गर्ने पनि वडा अध्यक्ष सुनुवारले जानकारी दिनुभयो ।