नेपाली समय Loading...२०८१ बैशाख १८ मंगलवार

लिखुका उपाध्यक्ष ढुङ्गेलले जितिन कोरोना

खलढुङ्गान्युज, भदौ २१, २०७७ । ओखलढुङ्गा । जिल्लाको लिखु गाउँपालिकाका उपाध्यक्ष शान्ता ढुङ्गेल कोरोना भाइरस संक्रमणबाट मुक्त हुनुभएको छ । शुक्रबार गरिएको कोरोना भाइरसको भए नभएको भन्ने बारेमा गरिएको दोस्रो परीक्षणका क्रममा रिपोर्ट नेगेटिभ आएसँगै उपाध्यक्ष ढुङ्गेल कोरोना संक्रमणबाट मुक्त हुनुभएको हो ।

विगत झण्डै २ महिना देखि काठमाडौँ रहनुभएकी उपाध्यक्ष ढुङ्गेललाई लिन गाउँ पालिकाको गाडी साउन अन्तिम साता काठमाडौंमा गएको थियो । गाउँ पालिकाको बैठक बस्ने भएर उहाँलाई लिन गाडी काठमाडौँ गएको भएपनि आफुलाई शारिरीक अश्वस्थता महशुस भएको बताए पछि गाडी त्यसै फर्किएको थियो ।

आफुलाई अश्वस्थता महशुस हुनुका साथै कोरोना संक्रमणको आशंकामा स्वाब परीक्षण गर्दा गत भदौ ३ गते उपाध्यक्ष ढुङ्गेललाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो । करिब १५ दिन सम्म होम आइसोलेसनमा नै रहेर उपचार गरेपछि शनिबार उहाँ कोरोना मुक्त हुनुभएको हो ।

उपाध्यक्ष ढुङ्गेलले कोरोना संक्रमण भएको बेला आफुलाई विभिन्न माध्यम मार्फत सम्झिएर हौसला तथा शुभेक्षा प्रदान गर्नुहुने सबैलाई धन्यवाद ब्यक्त गर्नुभएको छ । एकहप्ता सम्म अझै सतर्कता अपनाउन डाक्टरहरुले सुझाएकोले त्यसपछि आफु आफ्नो कार्यक्षेत्रमा फर्किने उपाध्यक्ष ढुङ्गेलले बताउनुभएको छ ।