नेपाली समय Loading...२०८१ बैशाख १८ मंगलवार

ओखलढुङ्गा रेडक्रसको खै मास्क अभियान

ओखलढुङ्गान्युज, भदौ २०, २०७७ ओखलढुङ्गा नेपाल रेडक्रस सोसाईटी ओखलढुङ्गा शाखाले शनिवार ओखलढुङ्गामा खै मास्क अभियान सञ्चालन गरेको छ । नेपाल रेडक्रस सोसाईटीको ५८ औं स्थापना दिवस २०७७ को अबसर पारेर शनिवार ओखलढुङ्गा सदरमुकाममा खै मास्क अभियान सञ्चालन गरेको हो ।

रेडक्रस स्थापना दिवसको अवसर पारेर शनिवार ओखलढुङ्गा सदरमुकाममा र हटिया बजार क्षेत्रमा कोभिड १९ सम्बन्धि चेतना मूलक कार्यक्रम अन्तर्गत ५ सय थान मास्क वितरण गरिएको छ । शनिवार कोभिड १९ बाट बच्नका लागि सचेतना जगाउने प्लेकार्ड सहित व्यानर बोकेर बजार परिक्रमा गरिएको थियो । बजार परिक्रमाका साथै बजारमा आउने तर मास्क नभएका नागरिकहरुलाई निशुल्क मास्क वितरण गरिएको नेपाल रेडक्रस सोसाईटी ओखलढुङ्गा शाखाका सभापति सुमन राजभण्डारीले जानकारी दिनुभयो ।

रेडक्रस सोसाईटीको स्थापना दिवसलाई साप्ताहिक रुपमा मनाउने कार्यक्रम अन्तर्गत शनिवार खै मास्क अभियान सञ्चालन गरिएको थियो । आफ्नो स्थापना दिवसको दिन भदौ १९ गते रेडक्रस ओखलढुङ्गा शाखाले ओखलढुङ्गा क्याम्पसको क्वारेन्टाईनमा रहेका ६ जना र रुम्जाटारको आईशोलेसनमा कोभिड संक्रमित ५ जनालाई स्वास्थ्य सामाग्री भएको हाईजेनिक किटको समेत वितरण गरिएको सभापति राजभण्डारीले जानकारी दिनुभयो ।