नेपाली समय Loading...२०८१ बैशाख १८ मंगलवार

मानेभञ्ज्याङमा कन्ट्रयाक्ट ट्रेसिङका थप ४० जनाको स्वाब संकलन

ओखलढुङ्गान्युज, भदौ १९, २०७७ । मानेभञ्ज्याङ । मानेभञ्ज्याङ गाउँपालिकामा शुक्रबार जनप्रतिनिधी सहित ४० जनाको स्वाब संकलन गरिएको छ । संकलन गरिएको स्वाबलाई कोरोना परीक्षणका लागि शनिवार विहानै प्रादेशिक कोरोना परीक्षण केन्द्र विराट नगर पठाईने जिल्ला कमाण्ड पोष्ट ओखलढुङ्गाले जनाएको छ ।

बुधबार मानेभञ्ज्याङ गाउँपालिकाका एक स्वास्थ्यकर्मी र ४ सुरक्षाकर्मी सहित ५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण भएको पुष्टि भएपछि उनीहरुको सम्पर्कमा आएकाहरुको कन्ट्रयाक्ट ट्रेसिङ गरि विहिबार १ सय ८० जनाको स्वाब संकलन गरि कोरोना परीक्षणका लागि धुलिखेल पठाईएको थियो । कन्ट्रयाक्ट ट्रेसिङका क्रममा विहिबार छुट भएकाहरुको शुक्रबार स्वाब संकलन गरिएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख सुमन तिवारीले जानकारी दिनुभयो ।

कन्ट्रयाक्ट ट्रेसिङ गरेर विहिबार स्वाब पठाईएकाहरुको आईतवार सम्म रिपोर्ट आउने पनि जिल्ला स्वास्थ्य कार्यालय प्रमुख तिवारीले जानकारी दिनुभयो । मानेभञ्ज्याङ प्रहरी चौकीमा कार्यरत ४ जना प्रहरी र हर्कपुर हेल्थ डेक्समा कार्यरत एकजना स्वास्थ्यकर्मीमा कोरोनस संक्रमण पुष्टि भएको थियो । संक्रमित पाँचै जनाको अहिले जिल्ला अस्पताल रुम्जाटारको आइसोलेसन कक्षमा राखी उपचार भइरहेको छ ।