नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

प्रदेश १ का सामाजिक विकास मन्त्रीलाई कोरोना संक्रमण

ओखलढुङ्गान्युज, भदौ १६, २०७७ । विराटनगर । 

प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्रीलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

विगत केही दिनयता आफुलाई ज्वरो आएको र पखाला लागेको मन्त्री घिमिरेले बताउनुभएको छ । स्वास्थ्यमा समस्या आएपछि मन्त्री घिमिरे आफै होम आइसोलेसनमा बस्नुभएको थियो ।

प्रदेश नं १ को कोरोना ब्यबस्थापनका लागि सक्रिय भूमिका खेलिरहेका मन्त्री घिमिरे आफुलाई शारिरीक अश्वस्थता महशुस भएपछि होम आइसोलेसनमा बस्नुभएको थियो । स्वास्थ्यमा समस्या आएपछि आशंकाका कारण कोरोना जाँच गराउनु भएका मन्त्री घिमिरेलाई सोमबार साँझ संक्रमण देखिएको हो ।