नेपाली समय Loading...२०८१ बैशाख २१ शुक्रबार

लिखुका जनप्रतिनिधिलाई कोरोना संक्रमण

खलढुङ्गान्युज, भदौ ६, २०७७ । ओखलढुङ्गा । ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिकाका जनप्रतिनिधिलाई कोरोना संक्रमण भएको छ । लिखु गाउँपालिकाका उपाध्यक्ष शान्ता ढुङ्गेललाई कोरोना संक्रमण पुष्टि भएको हो ।

गत साउन १० गते पारिवारिक कामका शिलशिलामा उपाध्यक्ष ढुङ्गेल काठमाडौँमा गएको गाउँ पालिकाका अध्यक्ष गोविन्द पौडेलले जानकारी दिनुभयो । साउन २८ गते बस्ने गाउँपालिकाको बैठकका लागि १० गते काठमाडौंमा जानु भएकी उपाध्यक्ष ढुंगेललाई लिन २६ गते गाउँपालिकाको गाडी काठमाडौँ गएको थियो । तर ढुङ्गेलले आफुलाई ज्वरो आएको बताए पछि गाउँपालिकाको गाडी त्यसै फर्किएको गाउँ पालिका अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।

ज्वरो आएर अस्वस्थ बन्नुभएकी ढुंगेलले काठमाडौँमा साउन ३२ गते कोरोना परीक्षणका लागि स्वाब दिएको र भदौ २ गते कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको जानकारी आएको अध्यक्ष पौडेलले जानकारी दिनुभयो । अहिले संक्रमित उपाध्यक्ष ढुंगेलको अबस्था सामन्य रहेको बताइएको छ ।

डक्टरको सल्लाह अनुसार औषधि सेवन गरिरहेको र उहाँमा अरु कुनै पनि लक्षण नदेखिएकोले अहिले घरकै आइशोलेसनमा रहेको उहाँको पारिवारिक स्रोतले बताएको छ । उपाध्यक्ष उपाध्यक्ष ढुंगेल सहित हाल ओखलढुंगाका तीनजना कोरोना सङ्क्रमितहरू आइसोलेसनमा बसी उपचार गराइ रहेका छन् ।