नेपाली समय Loading...२०८१ बैशाख २० बिहीबार

बहिनीको छोरा मारेको आरोपमा ओखलढुङ्गामा एक पक्राउ

ओखलढुङ्गान्युज, भदौ , २०७७ ओखलढुङ्गा ओखलढुङ्गामा आफ्नै बहिनीको छोरा मारेको आरोपमा एक महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा जिल्लाको मानेभञ्ज्याङ्ग गाउँपालिका वडा नं. ३ की वर्ष २८ की जुनु दमाई रहेकी छन् ।

सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका सोखु घर भएकी आफ्नै बहिनी सम्झना दर्जीको ४ वर्षको छोराको हत्या गरेको अभियोगमा किटानी जाहेरी परेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । आरोपित दमाईलाई बुधबार नै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकी दमाईको घर ओखलढुङ्गाको मानेभञ्ज्याङ्ग गाउँपालिका वडा नं. ३ भएपनि सुनकोसी गाउँपालिका ६ पारामा रहेको माईतीमा नै बस्दै आएकी थिईन् । उनकी बहिनी सम्झना पनि घर सिन्धुली भएपनि आफ्ना बच्चा सहित माईतमा नै बस्दै आएकी थिईन् । भदौ २ गते दिउसो देखी हराएको बालक साँझ पख माईती घरकै पसल कोठामा मृत फेला परेका थिए । घरैमा मृत अवस्थामा भेटिएका बालकको शव जुनुले नै देखाएपछि शंका गरेर उजुरी दर्ता भएको बताइएको छ ।

दिउँसोदेखि हराएका बालक घरकै पसलकोठामा साँझ मृत फेला परेपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए । मृतक बालकका हजुरबुवाले आफ्नै छोरीले नातिको हत्या गरेको भनेर किटानी जाहेरी दिएपछि पक्राउ गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरिक्षक मिलनसिंह बस्नेतले जानकारी दिनुभयो ।

उनीहरु दिदी–बहिनी बीचको लामो समयदेखिको वादविवाद र झगडा हुदै आएको थियो । झगडाको क्रममा जुनुले पटक–पटक आफ्नै बहिनी सम्झनाको छोरा मारिदिने धम्की दिने गरेको स्थानीय बासिन्दा बताउँछन् । प्रारम्भिक अनुसन्धाका क्रममा बहिनी सँगको रिसले बालकको हत्या गरेको खुलेको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिनुभयो । पक्राउ परेकी आरोपितलाई विहिबार नै म्याद थप गरि थप  अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।