नेपाली समय Loading...२०८१ बैशाख २० बिहीबार

२४ घण्टामा ७ कोरोना संक्रमितको मृत्यु, ६ सय ८१ संक्रमित थपिए

ओखलढुङ्गान्युज, भदौ , २०७७ काठमाण्डौं पछिल्लो २४ घण्टमा ७ जना कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बुधबार आयोजित नियमित प्रेसमिट कार्यक्रममा स्वास्थ्य तथा जनसख्या मन्त्रालयका प्रबक्ता डा. जागेश्वर गौतमले यस्तो जानकारी दिनुभएको हो ।

मृत्यु हुनेमा पर्साका दुई, काठमाडौं, भक्तपुर, मकवानपुर र सुनसरीका एकएक जना रहेका छन् । मृतकको संख्या उकालो लागेसँगै संक्रमित हुनेहरुको संख्या पनि उकालो लागि रहेको छ । मन्त्रालयका प्रबक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर ६ सय ८१ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । प्रबक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ५ सय २२ नमुना परीक्षण गर्दा ६ सय ८१ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र १ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै पर्सामा १ सय ८ जना, मोरङमा ६९, रुपन्देहीमा ५२, धनुषामा २८, सुनसरीमा २६, चितवनमा २४, सर्लाहीमा १९, बाँकेमा १८, सल्यानमा १७, झापामा १६, बारामा १५, सप्तरी र सुर्खेतमा १३/१३ जना, महोत्तरी र नवलपुरमा १२/१२ जना र जुम्लामा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रबक्ता डा. गौतमले जानकारी दिनुभयो ।

त्यसैगरि आज थपिएका नयाँ संक्रमितहरुमा महोत्तरीका ८, कपिलवस्तुका ६, कास्कीका ५, रौतहट, तनहुँ, दैलेख र डोटीका ४/४ जना, गोरखा, लजमुङ, दाङ, अछाम र कैलालीका ३/३ जना, प्युठान र बर्दियाका २/२ जना तथा ओखलढुङ्गा, पाँचथर, धादिङ, नवलपरासी, पाल्पा र डोल्पाका १/१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।