नेपाली समय Loading...२०८१ बैशाख २० बिहीबार

ओखलढुङ्गाकी १५ वर्षिया बालिकामा कोरोना संक्रमण पुष्टि

ओखलढुङ्गान्युज, भदौ , २०७७ ओखलढुङ्गा ओखलढुङ्गामा एक १५ वर्षिय वालिकामा कोरोना संक्रमणको पुष्टि भएको छ । गत साउन २६ गते रौतहटवाट ओखलढुङ्गा आएकी ति वालिकामा आज संक्रमणको पुष्टि भएको जिल्ला कमाण्ड पोष्ट ओखलढुङ्गाले जनाएको छ ।

संक्रमित वालिकाका बुबा नेपाल प्रहरीका कर्मचारी हुन् । पछिल्लो समय सरकारले सरुवा बढुवा गरेसँगै संक्रमित किशोरीका बुबा ओखलढुङ्गा जिल्लाको खिजिदेम्बा गाउँपालिकामा सरुवा भएर आएका थिए । ओखलढुङ्गा आएका उनीहरुलाई क्वारेन्टाईनमा राखी गत साउन ३० गते उनीहरुको स्वाबलाई संकल गरि कोरोना परीक्षणका लागि पठाईएको थियो ।

परिवारसँगै आएका संक्रमित किशोरीका अन्य परिवार सदस्यहरुको भने कोरोना परीक्षण रिपोर्ट नेगेटिभ नै आएको जिल्ला कमाण्ड पोष्ट ओखलढुङ्गाका फोकल पर्सन सुमन तिवारीले जानकारी दिनुभयो । उनीसँगै अरु १० जनाको पनि पिसीआर परीक्षणका लागि पठाईएकोमा अरु सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

हाल ओखलढुङ्गाका विभिन्न स्थानीय तहमा ४७ जना क्वारेन्टाईनमा रहेका छन् । उनीहरु सबैको आईतवार सम्म थ्रोट संकलन गरि कोरोना परीक्षणका लागि स्वाब पठाईने पनि फोकल पर्सन तिवारीले जानकारी दिनुभयो ।