नेपाली समय Loading...२०८१ बैशाख २१ शुक्रबार

आज बाबुको मुख हेर्ने दिन

ओखलढुङ्गान्युज, भदौ ३, २०७७ । काठमाण्डौं । आज कुशे औसी । अर्थात बाबुको मुख हेर्ने दिन । आजको दिन वैदिक सनातन धर्मावलम्बीहरुले वर्षभरि देवकार्य तथा पितृ कार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर यो पर्व मनाउँदैछन् ।

आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेकोले पनि आज घरघरमा भित्र्याईने कुशको विशेष महत्व रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

संसारको सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गर्नुभएको धार्मिक विश्वास छ। आजका दिन घर घरमा राखिएको कुश वर्षभर हुने देवकार्य एवं पितृकार्यमा प्रयोग गरिन्छ ।

परम्परा अनुसार आजकै दिन छोराछोरीहरूले आफ्ना बाबुलाई मनपर्ने भोजन खुवार्इ आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् । बाबु नहुनेहरू विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी ब्राम्हणलाई सिदा दिन्छन् ।