नेपाली समय Loading...२०८१ बैशाख २० बिहीबार

राष्ट्रकवि माधव प्रसाद घिमिरेको निधन

ओखलढुङ्गान्युज, भदौ , २०७७ काठमाण्डौं मंगलवार साँझ राष्ट्रकवि माधव प्रसाद घिमिरेको निधन भएको छ । राष्ट्रकवि घिमिरेको मंगलवार साँझ ५ बजेर ५५ मिनेट जादा लैनचौर घरमा नै देहावसान भएको उहाँको पारिवारीक श्रोतले जानकारी दिएको छ ।

वि.सं. १९७६ सालको असोज ७ गते जन्मनु भएका राष्ट्रकवि घिमिरेको १ सय १ वर्षको उमेरमा निधन भएको छ । उहाँको जन्म लमजुङ जिल्लाको पुस्तन भन्ने गाउँमा जन्म भएको थियो । राष्ट्रकवि घिमिरे २०७६ साल असोज महिनामा सय वर्ष पुरा हुनु भएको थियो ।

घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार कवि र गीतकारका रुपमा परिचित हुनुहुन्छ । स्वर्गीय घिमिरेले बाल्यकालदेखि नै नेपाली साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख (प्रबन्धजस्ता अनेकौं विधा÷उपविधाहरूमा निरन्तर कलम चलाउँदै आउनुभएको थियो ।