नेपाली समय Loading...२०८१ बैशाख २१ शुक्रबार

नेपालमा शोमबार थपिए ५ सय ८१ कोरोना संक्रमित

ओखलढुङ्गान्युज, भदौ , २०७७ काठमाण्डौं शोमबार नेपालमा ५ सय ८१ जना नयाँ कोरोना भाईरसका संक्रमितहरु थपिएका छन् । पछिल्लो २४ घण्टामा ५ सय ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ११ हजार ५ सय २० नमुना परीक्षण गर्दा उपत्यकामा १ सय ६८ सहित ५ सय ८१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । यो सँगै नेपालमा कोरोना भाईरस संक्रमितको संख्या २७ हजार २ सय ४१ पुगेको छ ।

मन्त्रालयका प्रबक्ता डा. गौतमका अनुसार शोमबार थपिएका नयाँ संक्रमितहरुमा उपत्यकामा मात्रै १ सय ६८ जना रहेका छन् । उनीहरुमध्ये काठमाडौंका १ सय ३९ जना छन् भने ललितपुरका १५ र भक्तपुरका १४ जना छन् । यस्तै पर्साका ७७ जना, बाराका ५९, मोरङका ४०, रुपन्देहीका ३२, सुनसरीका ३१, प्युठानका २८, बाँकेका २४, सर्लाहीका १७, कैलालीका १६, कास्कीका १५, कञ्चनपुरका १२ र रौतहटका ११ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी झापाका ८ जना, सिन्धुपाल्चोकका ५, काभ्रे, स्याङ्जा, मकवानपुर र धादिङका ४/४ जना, धनुषा र जुम्लाका ३/३ जना, महोत्तरी, कपिलवस्तु, तनहुँ र दाङका २/२ तथा सल्यान, सप्तरी, डडेलधुरा, दैलेख, सुर्खेत, अर्घाखाँची, चितवन र नुवाकोटका १/१ जनामा पनि संक्रमण देखिएको प्रबक्ता डा. गौतमले प्रेस मिट कार्यक्रममा जानकारी दिनुभयो ।

हाल सम्मका संक्रमितहरु मध्ये हालसम्म नेपालमा १ सय ७ जनाको मृत्यु भएको छ । त्यसैगरि १७ हजार ४ सय ९५ जना निको भएर घर फर्किएको प्रबक्ता डा. गौतमले जानकारी दिनुभयो ।