नेपाली समय Loading...२०८१ बैशाख २१ शुक्रबार

नेपालमा कोरोना संक्रमित मृतकको संख्या सय पुग्यो

ओखलढुङ्गान्युज, साउन ३०, २०७७ काठमाण्डौं शुक्रबार नेपालमा कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या १ सय पुगेको छ । शुक्रबार मृतकको संख्या ३ थपिएपछि कोरोना संक्रमित मृतकको संख्या नेपालमा १ सय पुगेको हो ।

शुक्रबार नियमित प्रेस व्रिफिङ कार्यक्रममा जानकारी दिदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा. जागेश्वर गौतमले यस्तो जानकारी दिनुभएको हो । प्रबक्ता डा. गौतमका अनुसार शुक्रबार पछिल्लो २४ घण्टामा नेपालमा थप ५ यि ९४ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । यो सगै नेपालमा कोरोना भाईरस संक्रमित हुनेहरुको संख्या २५ हजार ५ सय ५१ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २ सय ४० जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा अहिलेसम्मकै सबैभन्दा धेरै ११ हजार ५ सय ७५ नमुना परीक्षण गरिएको थियो । त्यसक्रममा काठमाडौं उपत्यकामा मात्रै १ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।